विश्व

थाइल्याण्डको तल्लो सदनबाट समलिङ्गी विवाहलाई वैधानिकता दिने कानुन पारित

इकागज |
चैत १४, २०८० बुधबार १६:३ बजे

फाइल फोटो

काठमाडौँ - थाइल्याण्ड चाँडै समलिङ्गी विवाहलाई वैधानिकता दिने देश बन्ने भएको छ ।

देशको तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । यो विधेयकलाई सिनेट र राजपरिवारबाट अनुमोदन हुन बाँकी छ ।


तर सन् २०२४ को अन्त्यसम्ममा देशमा समलिङ्गी विवाहलाई कानुनी मान्यता प्राप्त हुने अपेक्षा गरिएको छ।

यसपछि थाइल्याण्ड समलिङ्गी जोडीको विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको एक मात्र देश बन्नेछ ।


Author

थप समाचार
x