विश्व

बेलायती एआईका अग्रणी व्यक्ति मुस्तफा माइक्रोसफ्टमा आवद्ध

इकागज |
चैत ७, २०८० बुधबार १३:३० बजे

काठमाडौँ- बेलायती आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का अग्रणी व्यक्ति मुस्तफा सुलेमान माइक्रोसफ्टमा आवद्ध भएका छन् ।

मुस्तफाले माइक्रोसफ्ट एआई शाखाको नेतृत्व गर्ने माइक्रोसफ्टले घोषणा गरेको बीबीसीले जनाएको छ ।


सुलेमान अहिले स्टार्ट-अप इन्फ्लेक्शन एआईको प्रमुखको रुपमा छन् । तर उनी एआई फर्म डीपमाइन्डको सह-संस्थापकका लागि सबैभन्दा प्रसिद्ध मानिन्छन् ।

डीपमाइन्ड बेलायतको सबैभन्दा राम्रो एआई मानिन्छ जसलाई गुगलले सन् २०१४ मा खरिद गरेको थियो ।


Author

थप समाचार
x