विश्व

एपभित्रै गेमिङ सुविधा ल्याने तयारीमा लिंक्डइन

इकागज |
चैत ५, २०८० सोमबार १३:५७ बजे

काठमाडौँ- सामाजिक सञ्जाल लिंक्डइनले एपभित्रै गेमिङ सुविधा ल्याउने तयारी गरेको छ ।

माइक्रोसफ्टको स्वामित्वमा रहेको लिंक्डइनले ‘क्विन्स’, ‘इन्फरन्स’ र ‘क्रसक्लिम्ब’ नामक खेल एपमा राख्न लागिएको टेकक्रन्चले जनाएको छ ।


लिंक्डइनका प्रवक्ताका अनुसार कम्पनीले गेमिङ सुविधाका लागि काम गरिरहेको भएपनि सो सुविधा सार्वजनिक गर्ने मिति भने तय भएको छैन ।

माइक्रोसफ्टले एक्सबक्स, एक्टिभिजन ब्लिजार्ड र जेनिम्याक्सजस्ता गेमिङ व्यवसायबाट पछिल्लो त्रैमासमा ७.१ विलियन अमेरिकी डलर आम्दानी गरेको थियो ।


Author

थप समाचार
x