विश्व

अमेरिकी सेनाका कार्गो विमान अत्यावश्यक सामान लिएर गाजामा

इकागज |
फागुन २०, २०८० आइतबार ६:४७ बजे

गाजा - अमेरिकी सेनाका कार्गो विमानले गाजामा उडान भर्न थालेका छन् ।

अमेरिकी  सेनाका ३ वटा सैन्य कार्गो विमानहरूले शनिबार गाजा पट्टीमा खाना लगायतका अत्यावश्यक सामग्री पुर्याएका छन् । वरिष्ठ अमेरिकी अधिकारीले दिएको जनाकारी अनुसार तटीय क्षेत्रमा महिनौंदेखि जारी युद्धपछि बढ्दो मानवीय सङ्कटको सामना गरिरहेका बेला सो सहायता पुर्याइएको हो ।


हामीले गाजामा संयुक्त मानवीय सहायता हवाई ड्रप सञ्चालन गरेका छौं जसमा द्वन्द्वबाट प्रभावित नागरिकहरूलाई राहत प्रदान गर्न अमेरिकी वायुसेनाको तीनवटा  सी( १३० समावेश छ,ू अमेरिकी केन्द्रीय कमाण्डका एक जना अधिकारीले नाम नखुलाउने शर्तमा एएफपीलाई बताएका छन् । 


Author

थप समाचार
x