विश्व

सामसङले सार्वजनिक गर्‍यो विभिन्न सुविधायुक्त 'ग्यालेक्सी रिंग'

इकागज |
फागुन १५, २०८० मंगलबार १२:३ बजे

काठमाडौँ- दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आधिकारिक रुपमा ग्यालेक्सी रिंग (औँठी) सार्वजनिक गरेको छ ।

स्पेनको बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कंग्रेसका क्रममा सामसङले ग्यालेक्सी रिंग सार्वजनिक गरेको टेकक्रन्चले जनाएको हो ।


सामसङका सर्कुलर सह-संस्थापक तथा सिइओ अमाउरी कोसमनले सामसङ ग्यालेक्सी रिंग यसै वर्षको अन्त्यमा बजारमा आउने जानकारी गराए ।

औँठीमा रहेको सेन्सरले औँठी लगाउनेहरुको हृदयको गति, चाल र श्वासप्रश्वास पनि मापन गर्नेछ । जसका कारण स्वास्थ्य र निद्राको ढाँचालाई मापन गर्न सहयोग पुग्ने बताइएको छ ।


Author

थप समाचार
x