विश्व

रूसी सेनामा काम गर्ने भारतीयको मृत्युपछि गर्‍यो दर्जनौंको उद्धार

इकागज |
फागुन १५, २०८० मंगलबार ७:४६ बजे

मस्को- रुसी सेनामा भर्ती भएका धेरै भारतीयको उद्धार गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतको पहलकदमी पछि रूसी सेनाले उनीहरूलाई रिहा गरेको अवस्था छ । भारतीयको मृत्यु भएपछि मन्त्रालयको यो तथ्य बाहिर आएको हो ।


भारतीय विदेश मन्त्रालयका अनुसार केही दिनदेखि रुसी सेनामा भर्ना भएका धेरै भारतीयले फिर्ता आउन माग गरिरहेको समाचार आएको जनाएको छ । ‘हामीले यो विषय रुसी सरकारसँग उठाएका छौं। यसपछि धेरै भारतीयहरू रुसी सेनाबाट डिस्चार्ज भएका छन् । भारतीयहरूको सुरक्षा हाम्रो प्राथमिकता हो,’ मन्त्रालयले भनेको छ ।

गत फेब्रुअरी २३ मा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका थिए कि केही भारतीयहरूले रूसी सेनामा सहायक कामका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । र, पछि उनलाई युद्ध लड्न पठाइयो । यस विषयमा भारतीय दूतावासले रुसी अधिकारीहरूसँग सम्पर्क राखेको थियो । ‘उनीहरूलाई बचाउने प्रयास गरिरहेका छौं, यसबीचमा हामी सबै भारतीयहरूलाई सतर्क रहन र युद्धबाट टाढा रहन अपील गर्दछौं,’ मन्त्रालयले भनेको छ ।

सोही क्रममा गुजरातको सुरत निवासी हेमिल अश्विनभाई मंगुकियाको युक्रेनमा मृत्यु भएको छ । ह्यामिललाई रुसी कम्पनीमा सामेल हुन लगाइयो । पछि कम्पनीले उनलाई युद्ध लड्न पठायो । ह्यामिललाई वाग्नरको सेनामा सामेल हुन भनियो । उनको मृत्यु हुनुभन्दा केही घण्टा अघि ह्यामिलले आफ्नो परिवारसँग करिब २ घण्टा कुरा गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार उनको परिवारका सदस्य अतुल मांगुकियाले भने, ‘फेब्रुअरी २३ मा ह्यामिलका बुवाको फोन आएको थियो । उनले छोराको मृत्युको खबर पाएका थिए । हामीले पत्याएनौं, त्यसैले हामीले छानबिन गर्‍यौं । अन्ततः फेब्रुअरी २५ मा यो पुष्टि भयो कि ह्यामिल रूस-युक्रेन युद्धमा मारिए ।

अतुल मङ्गुकियाका अनुसार ह्यामिल डिसेम्बर १४ मा चेन्नईबाट रुस गएका थिए । उनले रुसी सेनामा हेल्परको काम गरेको जानकारी सामाजिक सञ्जालमार्फत पाएका थिए । रुसी कम्पनीका एजेन्टको निर्देशनमा उनी रुस गए । गत महिना उनको खातामा २.३ लाख भारतीय रुपैयाँ तलब जम्मा भएको थियो ।


Author

थप समाचार
x