विश्व

हंगेरीको संसद्‌द्वारा स्वीडेनको नेटो सदस्यताको लागि बाटो खुला

इकागज |
फागुन १५, २०८० मंगलबार ७:१६ बजे

स्टकहोम- हंगेरीको संसद्‌ले स्वीडेनको नेटो सदस्यताको लागि बाटो खुला गरेको छ ।

हंगेरीका सांसदहरूले लामो समयदेखि ढिलाइ भएको मतदानमा नेटोमा सामेल हुन स्वीडेनको प्रस्तावलाई अनुमोदन गरेका छन् ।


जुन प्रस्ताव पारित भएसँगै नोर्डिक राष्ट्रको सदस्यताको लागि स्विडेनलाई मार्ग प्रशस्त गरेको छ ।

रुसले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि स्वीडेनले २०२२ मा सामेल हुन आवेदन दिएको थियो । तर हंगेरीले उसको प्रस्ताव शत्रुतापूर्ण भएको आरोप लगाउँदै आएको थियो ।

तर गत हप्ता हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले भने कि तिनीहरू अब एक अर्काको लागि मर्न तयार छन् । सबै नेटो सदस्यहरूले आक्रमणमा परेको सहयोगीलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले आजको दिन ऐतिहासिक दिन भएको र स्वीडेन युरो-एट्लान्टिक सुरक्षाको जिम्मेवारी वहन गर्न तयार रहेको बताएका छन् ।

ओर्बान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ठ सम्बन्ध भएका राष्ट्रवादी राजनीतिज्ञ हुन् । उनले युक्रेनलाई सैन्य सहायता पठाउने ईयूको प्रयासलाई बारम्बार अवरुद्ध गर्दै आएका छन् ।

स्वीडेन इयु देशहरूमध्ये एक हो, जसले हंगेरीलाई इयुको लोकतान्त्रिक सिद्धान्तहरूमा पछाडि हटेको आरोप लगाएका थिए । फलस्वरूप र्बानका प्रवक्ता जोल्टन कोभाक्सले स्वीडेनका अधिकारीहरूलाई नैतिक श्रेष्ठताको टुक्राटुक्रा सिंहासनमा बसेको आरोप लगाए ।

तर गत हप्ता ओर्बानले आफ्नो स्विडेनी समकक्षी उल्फ क्रिस्टर्सनलाई होस्ट गरेका थिए भने स्वीडेनको सदस्यताको लागि आफ्नो समर्थन घोषणा गरेका थिए, परिणाम आज संसद्‌बाट अनुमोदन गराएका छन् ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले हंगेरीको संसद्‌को निर्णयले गठबन्धनलाई बलियो र सुरक्षित बनाएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।


Author

थप समाचार
x