विश्व

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

इकागज |
फागुन १२, २०८० शनिबार १७:७ बजे

चीन- पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भवनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सरकारले शनिबार बिहान जनाएको छ । 

उक्त घटनामा कम्तीमा ४४ जना घाइते भएका बताइएको छ । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ ।


स्थानीय दमकल विभागलाई युहुताई जिल्लाको एक आवासीय भवनमा आगलागी भएको सूचनापछि घटनास्थलमा पुगेका अग्नि नियन्त्रकहरूले आगलागीलाई करिब दुई घण्टामा नियन्त्रणमा लिएको जनाएका छन् । 

प्रारम्भिक अनुसन्धानमा उक्त भवनको पहिलो तल्लामा आगलागी भएको र उक्त स्थानमा विद्युतीय साइकलहरू राखिएको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एएफपी


Author

थप समाचार
x