विश्व

चीन गरिबीमुक्त

अजय अलौकिक |
मंसिर ८, २०७७ सोमबार १७:२६ बजे

फाइल तस्वीर

बेइजिङः चीन गरिबीमुक्त देश बनेको छ । दक्षिण पश्चिम क्विचौ प्रान्तका नौ वटा गरिब काउन्टीहरू गरिबीमुक्त भएसँगै चीन गरिबीमुक्त भएकाे हाे । क्विचौ प्रान्तीय सरकारले सोमबार(२३ नोभेम्बर) आधिकारिक रूपमा सो प्रान्तका नौ वटा काउन्टीलाई गरिबी सूचीबाट हटाएको हो। साथै चीनले संयुक्त राष्ट्र संघको दिगो विकासका लागि २०३० एजेण्डामा निर्धारित गरिबी निवारण लक्ष्य निर्धारित समयभन्दा १० वर्ष अगाडि पूरा गरेको छ ।   

क्विचौ प्रान्तीय गरिबी निवारण तथा विकास कार्यालयका निर्देशक ली च्येनले सोमबार आयोजित पत्रकार सम्मेलनमा क्विचौका बाँकी रहेका नौवटा काउन्टीमा गरिबीसम्बन्धी समग्र परिमाण घटेर शुन्य प्रतिशतमा पुगेको बताए ।


'यसै महिनाको आरम्भमा थर्ड पार्टी एजेन्सीद्वारा गरिएको एक सर्वेक्षण अनुसार क्विचौका बाँकी रहेका नौवटा काउन्टीमा गरिबीसम्बन्धी समग्र परिमाण घटेर शुन्य प्रतिशतमा झरेको पाइयो', उनले भने । साथै स्थानीय जनताको सन्तुष्टि दर ९९ प्रतिशतभन्दा बढी पुगेको पनि बताए । निर्देशक लीले यी नौ काउन्टीका गरिब जनताको औसत वार्षिक आय ११,४८७ युआन (लगभग १,७४० अमेरिकी डलर) पुगेको र यो तोकिएको ४ हजार युआनको राष्ट्रिय गरिबी रेखाभन्दा माथि रहेको पनि बताए ।

गत वर्ष, सन् २०१९ को अन्तसम्ममा चीनभरि ५२ वटा काउन्टीहरू गरिबी सूचीमा थिए । सिनच्याङमा दश, यूननान र क्विचौ प्रान्तमा नौ, कान्सु र क्वाङसीमा आठ, सछ्वानमा सात र निङस्यामा एक काउन्टी गरिबीमुक्त हुन बाकी थियो । यसै गरी चीनको सछ्वान प्रान्तले नोभेम्बर १७ मा बाकी रहेका गरिब काउन्टी सबै गरिबीमुक्त भएको घोषणा गरेको थियो । यसै गरी यूननान र सिनच्याङले नोभेम्बर १४ मा त्यसै गरी क्वाङसीले नोभेम्बर २० मा र कान्सुले नोभेम्बर १० मा गरिबीमुक्त भएको घोषणा गरेको थियो ।

चीनले सन् २०१३ देखि प्रति वर्ष एक करोडभन्दा बढी गरिब जनतालाई गरिबीमुक्त गर्दैआएको छ । पछिल्लो पाँच वर्षमा मात्र पाँच करोड पचास लाख गरिब जनतालाई गरिबीमुक्त गरेको छ । चीनले चालु वर्ष २०२० को अन्त्यसम्म पूर्ण रूपमा गरिबी निवारण गर्ने लक्ष्य राखेको छ ।

सन् १९७८ मा सुधार तथा खुलापन लागुभएदेखि हालसम्म ८० करोड चिनियाँ जनता गरिबीमुक्त भएका छन् ।


Author

थप समाचार
x