विश्व

गाजामा मारिए इजरायली मन्त्रीका छोरा

इकागज |
मंसिर २२, २०८० शुक्रबार १०:५६ बजे

गाजा- गाजामा इजरायली सेनाको भूमिगत ‘अप्रेशन’का क्रममा इजरायली सरकारका मन्त्री गाडी आइसेनकोटका छोरा गल मेइर आइसेनकोट माारिएका छन् । 

इजरायली रक्षा बलले दिएको जानकारीअनुसार गाजामा इजरायली सेनाको भूमिगत ‘अप्रेशन’का क्रममा ‘रिजर्भ सैनिक गल मेइरको मृत्यु भएको हो । 


इजरायली मन्त्रिपरिषद्‌मा विनाविभागीयमन्त्रीका रूपमा सामेल भएका गाडी आइसेनकोट छन् । उनकै छोरा गल मेइरको गाजामा मारिएका हुन् । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गल मेइरको मृत्युप्रति शोक व्यक्त गरेका छन् ।

गल मेइरका बुबा सन् २०१५ फेब्रुअरीदेखि २०१९ जनवरीसम्म इजरायली रक्षा बल (आईडीएफ)को जनरल स्टाफ प्रमुख थिए । उनले चार दशकसम्म इजरायली सेनामा सेवा गरे ।

गाजामा अक्टोबर ७ देखि हालसम्म ८८ आईडीएफ सैनिक मारिएका छन् ।


Author

थप समाचार
x