विश्व

ह्वाइट हाउसका पूर्वचिकित्सक भन्छन्- राष्ट्रपति बाइडन गम्भीर बिमारी छन्

इकागज |
मंसिर १२, २०८० मंगलबार ७:३० बजे

फाइल तस्बिर

वासिङटन डिसी- अमेरिकी राष्ट्रपति जो बाइडनको स्वास्थ्य अवस्था ठिक छैन् । 

ह्वाइट हाउसका पूर्व चिकित्सक टेक्सास रिपब्लिकन प्रतिनिधि रोनी ज्याक्सनले राष्ट्रपति बाइडनको स्वास्थ्यको बारेमा चिन्ता जायज रहेको बताएका छन्। उनका अनुसार वाइडेनको स्वास्थ्य तीव्र गतिमा बिग्रँदै गएको छ ।


एचटी रिपोर्टका अनुसार रोनी ज्याक्सनले भने कि मैले तीन राष्ट्रपति जर्ज बुश, बराक ओबामा र डोनाल्ड ट्रम्पको हेरचाह गरेको छु। त्यसैले मलाई कमाण्डर इन चीफ र राज्यको प्रमुख बन्नको लागि के लिन्छ भनेर आफैँले थाहा छ। यो मानसिक र शारीरिक रूपमा कठिन काम हो। यी तीनको प्रशासनमा डाक्टर भएर काम गरेको उनले बताए ।

रोनीले पनि आफूले काम गर्न नसक्ने दाबी गरेका छन् । तर, राष्ट्रपति बाइडनले स्वास्थ्य छु भनेर हरेक दिन जबर्जस्ती प्रमाणित गरिरहेका छन् । जसका कारण अवस्था झनै बिग्रँदै गएको पूर्व चिकित्सक बताए ।

पूर्व डाक्टरले पहिले जो बाइडनको संज्ञानात्मक तीक्ष्णताको बारेमा चिन्ता व्यक्त गरेका थिए। यति मात्र होइन, उनले २०२४ को चुनाव अघि नै संज्ञानात्मक परीक्षणको मागसमेत गरेका छन् ।

उनका अनुसार बाइडनले आफ्नो कार्यकालमा आएको गिरावटको उल्लेखसमेत गरेका छन् । अब चार वर्षसम्म पदमा बस्ने जोखिम उठाउन नसक्ने उनको दाबी छ । उनले भने कि उनीहरूले हामीलाई पहिले नै ठूलो जोखिममा राखेका छन् ।


Author

थप समाचार
x