विश्व

पाकिस्तानमा जनवरीको अन्तिम साता आम निर्वाचन हुने

इकागज |
असोज ४, २०८० बिहीबार १९:१४ बजे

इस्लामावाद- पाकिस्तानमा आगामी जनवरीमा आम निर्वाचन हुने भएको छ । आगामी जनवरीको अन्तिम सातामा चुनाव गर्ने घोषणा निर्वाचन आयोगले बिहीबार गरेको हो ।

'निर्वाचन क्षेत्रको अन्तिम नामावली नोभेम्बर ३० मा प्रकाशित हुनेछ । त्यसपछि ५४ दिनको निर्वाचन कार्यक्रम पश्चात सन् २०२४ को जनवरीको अन्तिम साता निर्वाचन हुनेछ,' आयोगले केहीबेरअघि सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ । एएफपी 



Author

थप समाचार
x