विश्व

मेक्सिकोमा लागूऔषध तस्करसँगको झडपमा १० जनाको मृत्यु

इकागज |
जेठ १७, २०८० बुधबार ८:१२ बजे

मेक्सिको सिटी । मेक्सिकोमा दोहोरो झडपमा भएकाे गोली हानहानमा परी १० जनाको मृत्यु भएको छ । ​उत्तरी मेक्सिको सुरक्षाकर्मी माथि बन्दुकधारीको एक समूहले गोली प्रहार गरेपछि जवाफी कारबाही हुँदा १० जनाको मृत्यु भएको हो ।

मेक्सिको सिभिल फोर्सका सुरक्षाकर्मी सवार तीनवटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका बेलामा अचानक बन्दुकधारी समुहले गोली प्रहार गर्न सुरु गरेका थिए । मेक्सिकोका सुरक्षा सचिव गेरार्डो पालासियोसका अनुसार अनुसार त्यसपछि सुरु भएको दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिन पुगेका छन् ।


उनका अनुसार साे दोहोरो झडपमा परी सिभिल फोर्सका चार जना सुरक्षाकर्मी पनि घाइते हुन पुगेका छन् ।

सो आक्रमण हिंसा प्रभावित क्षेत्र मानिने न्यूभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा भएको हो । उक्त राजमार्गमा बेलाबेलामा अपहरण र लुटपाटका घटना हुने गरेको सुरक्षा सचिव पालासियोसले जानकारी दिए । 

मेक्सिको सरकारले सन २००६ देखि लागुऔषध विरोधी अभियान सुरु गरेयता मात्रै तीन लाख बढीको तस्करहरुको हत्या भईसकेको छ । सो घटना पनि लागूऔषध तस्करको सङ्गठित आपराधिक गिरोह हुन सक्ने मेक्सिको प्रहरीले जनाएको छ । उसका अनुसार सो घटनाका बारेमा थप छानबिन भईरहेको छ । 


Author

थप समाचार
x