विश्व

ट्वीटरमा एलन मस्कका फलोअर्स सबैभन्दा बढी

इकागज |
चैत १६, २०७९ बिहीबार २२:० बजे

फाइल फोटो

 वासिङ्टन - अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई उछिन्दै एलन मस्क ट्विटरमा सबैभन्दा धेरै अनुयायी (फलोअर्स) भएको व्यक्ति बन्न सफल भएका छन् । 

बिहीबार टेस्ला र स्पेसएक्सका संस्थापक मस्कको ट्विटरमा १३ करोड ३० लाख ८४ हजार ५६० फलोअर्स पुगेका छन् भने ओबामाका १३ करोड ३० लाख ४१ हजार ८१३ फलोअर्स छन् । 


समाचार, विचार र पीआर सन्देशको आदानप्रदानको लागि एक प्रमुख प्लेटफर्मको रूपमा ट्विटरको भूमिका बढ्दो देखिएको छ ।

मस्कले गत हप्ता कर्मचारीहरूसँग आफ्नो कम्पनीले यसको लागि खर्च गरेको ४४ अर्ब डलरको आधा मूल्य गुमाएको बताएका थिए भने विश्व प्रसिद्ध सामाजिक सञ्जालले अझै पनि विज्ञापनदाताहरू र सरकारी नियामकहरूलाई प्रभाव नपार्नेगरी संस्थालाई अघि बढाउने बताएका थिए । 

ट्वीटर नियन्त्रणमा लिएदेखि नै मस्कले ट्वीटर समूहको पेरोललाई सात हजार ५०० कर्मचारीबाट दुई भन्दा कममा झार्नुभएको छ । सामाजिक प्लेटफर्मलाई कठिन समयमा टिकाईराख्न र आर्थिक रूपमा व्यवहार्य बनाउनका लागि सशुल्क सेवाग्राहीको आफ्नो धारणाले मूहुर्तरूप लिने विश्वास व्यक्त गर्नुभएको थियो । तर परिणामहरू निराशाजनक देखिएका छन् । 

सशुल्क सेवाग्राहीबारे कम्पनीका प्रमुखले राखेको धारणापछि ट्वीटरले प्राविधिक खराबीको एउटा श्रृङ्खला देखेको छ । यसमा मस्कको ट्वीटले अचानक लाखौं प्रयोगकर्ताहरूको फिडमा प्रभाव नपारेको घटना पनि समावेश छ । लाखौँले कम्पनीका प्रमुख लगानीकर्ता मस्कलाई नपछ्याएको पनि देखिएको छ । 

मस्कले प्रयोगकर्ताहरूलाई ट्विटरमा अधिक स्वतन्त्र रूपमा कुराकानी गर्न प्रोत्साहित गरेका छन् । साइटले कानुनद्वारा अनुमति दिइएको सेन्सरशिपको न्यूनतम मात्रा लागू गर्ने बताएको छ ।

प्लेटफर्मले अप्रिल १ देखि सेलेब्रिटी वा पत्रकारजस्ता केही व्यक्तिगत एकाउन्टका लागि ट्रस्ट बिल्डिङ ‘ब्लु टिक’ फिर्ता लिने र ग्राहकलाई भुक्तानीका लागि आरक्षित गर्ने जनाएको छ ।
 


Author

थप समाचार
x