विश्व

मेक्सिकोले टर्कीको भुकम्प भग्नावशेष खोजतलास गर्न कुकुरहरू पठायो

इकागज |
माघ २५, २०७९ बुधबार ९:४१ बजे

मेक्सिको- मेक्सिकोले टर्कीमा सोमबार गएको विनाशकारी भूकम्प भग्नावशेषमा बाँचेकाहरूलाई खोज्न मद्दत गर्न आफ्ना खोजकर्ता र उद्धार कुकुरहरू टर्कीमा पठाएको छ । 

मेक्सिकोका विदेश मामिला सचिव मार्सेलो एब्रार्डका अनुसार कुकुरहरू र  तिनीहरूका ह्यान्डलरहरूसँगै बुधबार टर्की पुग्नेछन् । 


‘हाम्रो उद्धार टोलीको तालिमप्राप्त कुकुरहरुसँगै टर्कीको भुकम्प भग्नावशेृषमा खोजका लागि पुग्नेछन,’ बिदेश सचिव एब्राडले भने ।

सो उडानमा मेक्सिकन सेनाका खोज र उद्धार विशेषज्ञहरूसहित तालिम प्राप्त कुकुरहरु पनि रहेका छन् । उनीहरुले टर्कीको भग्नावशेषको खोजतलास गर्नुको साथै भग्नावशेष भित्र जीवित रहेका आंशकामा खोजी कार्य र उद्धारमा संलग्न हुनेछन् ।  


Author

थप समाचार
x