विश्व

मलेसियामा कोभिडका सङ्क्रमित घटेनन्, एकै दिन छ जनाको मृत्यु

इकागज |
साउन २४, २०७९ मंगलबार १२:५६ बजे

क्वालालम्पुर ।  मलेसियामा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरु घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको सङ्क्रमण देखिएको छ ।    
    
मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो सयममा यहाँ कोभिडका सङ्क्रमितहरु बढ्दै गएको र अहिलेसम्म देशका ४७ लाखभन्दा बढीमा सो सङ्क्रमण फैलिएको छ ।    
    
यहाँ गएको २४ घन्टा मान्यता छ जना सङ्क्रमितको कोभिडकै कारण ज्यान गएको छ । यो समेत गरी मलेसियामा कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ३६ हजार ३२ जना पुगेको बताइएको छ ।    
    
देशभर अहिले पनि ४३ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गम्भीर बिरामी भएका केहीको सघन उपचार कक्षमा उपचार भइरहेको छ । सिन्ह्वा



Author

थप समाचार
x