रीतिरिवाज

बक्र इद पर्वले राष्ट्रिय एकतालाई थप सबल बनाउने विश्वास लिएको छु– अध्यक्ष

इकागज |
असार १४, २०८० बिहीबार ६:३३ बजे

फाइल फोटो

काठमाडौँ - मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले इद–उल अजहा (बक्र इद) पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता र धार्मिक सहिष्णुतालाई थप सबल र सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । 

सो पर्वका अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीको महान् चाड इद–उल अजहा (बक्र इद) का अवसरमा शुभकामना व्यक्त गर्दै उनले यो पर्वले विकासको मार्गमा अघि बढ्न र ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना साकार पार्ने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । १४४४ जिल–हिज्जाको १० तारिखमा मुस्लिम समुदायले मनाउने इद–उल अजहा (बक्र इद) हर्षोल्लासमय वातावरणमा तीन दिनसम्म मनाइने ठूलो चाड हो ।


यस चाडका अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने गरिन्छ । यस पर्वमा बिहान सबेरै उठेर स्नान गरी शुद्ध हुने र खुला स्थान, इदगाहा वा मस्जिदमा गई इद–उल अजहाको नमाज पढ्ने र एकआपसमा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान पछि आआफ्नो घरमा गई कुर्वानी गर्ने गरिन्छ । अध्यक्ष अन्सारीले पर्वका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । 


Author

थप समाचार
x