पर्यटन

निगमले विद्यार्थीहरूलाई हवाई भाडामा २५ प्रतिशत छुट दिने

इकागज |
फागुन २, २०८० बुधबार २१:२६ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल वायुसेवा निगमले २५ वर्ष उमेर सम्मका विद्यार्थीहरुकालागि हवाई भाडामा २५ प्रतिशत छुट दिने भएको छ । वसन्त पञ्चमीको अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै निगमले यस्तो बताएको हो । 

निगमका प्रवक्ता रशेम पौडेलले विज्ञप्ति जारी गर्दै आन्तरिक हवाइ भाडामा २५ प्रतिशत छुट दिने उल्लेख गरेका छन् । उक्त सुविधा पाउनका लागि विद्यार्थी यात्रुले परिचयपत्र र जन्मदर्ता प्रमाणपत्रसहित निगमको आन्तरिक टिकट बिक्री कक्षमा सम्पर्क राख्नुपर्ने निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 



Author

थप समाचार
x