पर्यटन

सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’

इकागज |
पुस २, २०८० सोमबार १३:१७ बजे

सोलुखुम्बु - सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको छ ।

रक क्लाइम्बिङमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न माप्य दुधकोशी गाउँपालिका वडा नं ५ महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको हो । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)को सहकार्यमा निर्माण गरिएको उक्त ‘रक क्लाइम्बिङ सेन्टर’ आज विश्वको सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गर्ने विश्वकिर्तिमानी आरोही कामीरिता शेर्पाले शुभारम्भ गरे । 


रक क्लाइम्बिङ सेन्टरको शुभारम्भ गर्दै विश्वकिर्तिमानी आरोही शेर्पाले नेपालमा थुप्रै डाँडाहरु रक क्लाइम्बिङका लागि उत्कृष्ट भएको बताए । 'नेपालका डाँडाहरुलाई विश्वमा बेच्न सके पर्यटन क्षेत्रमार्फत नेपालमा राम्रो आम्दानी गर्न सकिन्छ', उनले भने । 

कोशी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बु पर्यटकका लागि राम्रो सम्भाव्यता बोकेको जिल्ला भएकाले यसको विकासका लागि केन्द्रदेखि प्रदेश हुँदै स्थानीय सरकार लाग्नुपर्ने बताए । 


Author

थप समाचार
x