पर्यटन

ठमेलको एलओडी क्लब विश्‍वकै उत्कृष्ट '१००' क्लबको '५२' औं स्थानमा

इकागज |
असार १५, २०७९ बुधबार १६:५४ बजे

काठमाडौँ- ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) विश्‍वकै उत्कृष्ट क्लबमध्ये ५२ औं स्थानमा परेको छ । केही समय अघि क्लब 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको थियो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२२ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५२ औं स्थानमा परेको हो । 

म्यागमा विश्‍वभरका सय उत्कृष्ट‍ डिजे क्लबको सहभागी रहने गर्छ । डिजे म्यागले हरेक वर्ष विभिन्‍न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो । पहिलोपटक 'एलओडी' सय क्लबको ५२ औं स्थानमा प्रवेश पाएको हो ।


एलओडी डिजे म्याग टप १०० को छनौट भएर ५२ औ स्थानमा पर्न सफल भएकोले राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए । उनका अनुसार पाँच सय क्लब सहभागी भएका थिए।

बुधबार क्लबमा आयोजित पत्रकार सम्मेलनमा विश्‍वका सय वटा उत्कृष्‍ट सय क्लबको सयौँ भित्र छनौटमा पर्दा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने रहेछन् भनेर प्रमाणित गर्न सकिएको श्रेष्‍ठको भनाइ छ ।  
'
'एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालको पनि शान हो,' श्रेष्ठ भन्छन्,'टप १०० भित्र एलओडीको छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ ।'  सय वटा उत्कृष्‍ट क्लबमा एलओडी पर्दा विश्‍वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनले बताए ।

विश्‍वको सय उत्कृष्ट क्लबमा पार्नका लागि सबै जनाको साथ र सहयोग रहेको उनले प्रस्ट पारे ।  श्रेष्ठले रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए ।

मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्दा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ । टप १०० मा क्लब परेकाले स्वदेशी तथा विदेशीहरू पर्यटक आउन सक्ने उनको जिकिर छ ।

डिजेइङ क्षेत्रमा लाग्‍नेहरूका लागि खुसी खबर रहेको उनको भनाइ छ । व्यावसायिक रुपमा डिजेइङमा लाग्दा विश्‍वभर चिनिने अवसर  प्राप्त हुने उनले दाबी गरे ।

तीन वर्षअघि स्थापना भएको क्लब ९ हजार ६ सय स्क्वायर फिटमा निर्माण भएको छ । एकसाथ २५ सय मानिस अट्न सक्ने क्लबको क्षमता छ । क्लबमा करिब १५० कर्मचारी कार्यरत छन् । 

एलओडीको आफ्नो विशेषता तथा क्षमताले उत्कृष्ट  क्लबमा पर्न सफल भएको उनले धारणा व्यक्त गरे । क्लबमा अन्तर्राष्ट्रिय डीजे जस्तै रोमियो ब्लान्को, ट्वीन रेभ रहेका थिए । रेसिडेन्स डीजे रेडमस, सुरेन, नाड्ज, सरोज, अनिश र मनिटोनको रहेका छन् ।

 

 


Author

थप समाचार
x