विचार

मधेसमा सुन्दरताको व्यापारीकरण = दाइजो

दीपा थोकर तामाङ |
भदौ ४, २०८० सोमबार २०:४४ बजे

आजभालि मधेशलगायत देशभरी नै सबै समुदायमा दाइजो (Dowry) प्रथाका कारणले विवाहहरू असफल भइरहेका छन् । यो तथ्याङ्क विगतभन्दा होल डरलाग्दो रूपमा बढिरहेको छ । विवाह असफल हुनुमा दाइजो लगायत, समाज मनाविज्ञान कति दाषी छ र माबाईल, टिभिलगायतका टेक्नालोजीले कति असर पारेका छ भनी बुझाउनु यस लेखको मुख्य उद्देश्य हो । विगतमा दाइजो कस्तो थियो र आज कसरी भारतबाट नेपालको मधेस हुँदै देशभरी नै फैलिएको छ, यी कुराहरू पनि छोटा रूपमा चर्चा गर्दै दाइजो सुन्दरतासँग कसरी गाँसिएको छ, त्यसमा पनि चर्चा गरिनेछ ।  

सुन्दरताको व्यापारीकरण


सुन्दरताका व्यापारीकरण (Commodifying the beauty or, commodification of beauty) बारे बुझ्न हामीले कार्ल मार्क्सका सिद्धान्तका सहारा लिनुपर्छ । किनकि कमोडिफिकेसन शब्द नै मार्क्सवादी चिन्तनमा पर्ने शब्द हो । यो शब्द पूँजी (Capital) सँग सम्बन्धित हो । जसका सिधा सम्पर्क मान्छेका सोचसँग (Human psychology) हुन्छ । लाईस टाईसन नामका (Lois Tyson) अमेरिकी लेखकले आफ्ना पुस्तक क्रिटिकल थ्योरी टुडे (critical theory today) को पृष्ठ ६२ मा उल्लेख गर्छिन् कि मार्क्सवादका लागि कमोडिफिकेसन वस्तुले के गर्छ (Use value) होइन अपितु सो वस्तुलाई कति रूपैयाँमा बेच्ने वा अन्य कुनै अर्कासँग साट्ने (Exchange value) र सो वस्तु हुँदा मालिक/स्वामीको कस्तो प्रतिष्ठा समाजमा थपिने (Sign-exchange value) हो । उदाहरणका लागि यदि म एऊटा किताब आनन्द उठाउन पढ्छु भने त्यो किताबका युज भ्यालु हो, यदि म त्यही किताब बेच्छु भने त्यो त्यसका एक्सचेञ्ज भ्यालु भयो र त्यही किताब म होटलका टेबलमा लिएर मेरा स्टैटस अरूभन्दा भिन्न र माथि छ भन्ने देखाउँछु भने त्यो किताबका लागि साईन-एक्सचेञ्ज भ्यालु हुन जान्छ ।

सामान्य रूपमा महिलाको सुन्दरता अमेरीकी होस् वा नेपाली समाज जहाँ पनि परम्परागत रूपमा शारीरिक बनावट, छालाका रङ र अनुहारका सुन्दरता तथा पुरूषका लागि उँचाइ, छालाका रङ आदि नै हुन् । जुन शारीरिक बाह्य सुन्दरता (Physical charming) मात्र हो जसले पुरूषलाई Handsome (ह्यान्सम्) र महिलालाई a beauty or beautiful का ताज दिलाउने क्षणिक कुरा हो । वास्तवमा सुन्दरताको मापदण्ड शारीरिक अङ्ग र बनावटमा सीमित नभई मान्छेको सोच, व्यवहार, चालचलन, बोलाई आदिसम्म व्यापक हो ।

मधेसमा यसको असर

माथिका टाइसनको सुन्दरताको परिभाषाको प्रभाव मानव समाजमा जहाँ पनि छ, मधेसमा पनि छ । उदाहरणका लागि विवाहका बेला केटा-केटी दुवै जनाले सुयोग्य जीवन साथी (Life partner) खोज्छन् भने कार्यालय, विद्यालय, बाटामा हिंड्दा वा विपरित लिङ्गीसँग कुराकानी गर्दा जहाँ पनि सुन्दरताले सकारात्मक-नकारात्मक प्रभाव पारिरहेकै हुन्छ । विवाहका बेला मधेसमा केटाका उँचाइ, शारीरिक स्वास्थ्य, सम्पन्नता, जागिर वा व्यवसाय आदि हेरिन्छ भने केटीको अनुहोर, श्रृंगार, बोलचाल आदि हेरिन्छ । साथै, यदि केटी काली छ वा पढेलेखेका छैन वा काली भएर शिक्षित भए पनि मोटो दाइजो लिएर केटाले क्षतिपूर्तिको सिद्धान्त (Theory of compensation) अनुसार कतिपय ठाउँमा आफ्नै मनले वा परिवारको दबावमा विहे गर्छन् । तर त्यस्ता विवाह जुन मनले मानेका हुनुपर्थ्या तर त्यो धनले मानेका हो, त्यो धेरै टिक्दैन, टिकाउने नाममा धाने पनि कचकच भइरहन्छ । त्यो पवित्र दुई मनको मिलनभन्दा पनि गलपासो बन्धन विवाह हुन जान्छ । जहाँ सुख दु:खका साथी श्रीमान्/श्रीमतीले एकले अर्कालाई ठान्नुका साटो 'झेलिरहेका' अनुभव भई त्यहीँबाट परपुरूष वा परस्त्रीसँग विवाहेत्तर सम्बन्ध (Extramarital affairs) सम्म धकेलिदिन्छ । तर बुझ्नुपर्ने के हो यहाँ भने यो मधेसका मामिलामा त छँदैछ साथै हरेक समाजमा पनि छ । मधेसका चर्चा यहाँ भइरहेकाले गर्दा मात्र उपशीर्षक मधेसमा असर भनेर उल्लेख गरिएको हो ।

दाइजो किन हटेन  ?

दाइजो के हो ? विवाह अघि दुई परिवार बीच विहेका लागि केटा-केटीबारे कुरा छिनाफाना भइसकेपछि कुल देवी, देवतालाई धार्मिक, सांस्कृतिक रूपमा खुसी पार्न सम्झनलाई दिइने वैवाहिक सगुन (Good Omen/Good Star Shining) अर्थात्, साइत जुराउने निम्ता मात्र हो जुन अपार खुसीको प्रतीक हो आमाबुवा, परिवार र ईष्टमित्र, मानव समाजकै लागि पनि कि हामीले सभ्य मानव समाजका विकासका लागि हामीले एउटा अभिभारा आज पूरा गर्नतर्फ लम्कियो । नेपाल-भारतका सनातन हिन्दू-बौद्ध समाजमा मान्छेले रामायण, महाभारतका घट्नाका उदाहरण दिई केटी पक्षबाट दाइजो माग्छन् । यो गलत कुरा हो किनकि समाजपिच्छे सुपारी, रक्सि, दाम, सामान आदि दाइजो जे पनि कम वा बढी सगुनको प्रतीक खुसी मनले हुनसक्छ, यसमा करचाप नै पहिलाका युगदेखि आजसम्म उल्लेख गरेका पुस्तक, कानून वा धारावाहिक कथा केही पनि छैन । अवश्य पनि रामायणमा राजा जनकले छोरी जानकीका लागि वा राजा द्रुपदले छोरी द्रौपदीका लागि राम वा अर्जुनलाई दाइजो दिए । तर पौराणिक कालका घट्ना दिएर दाइजो असुल्ने गैह्रकानूनी काम गर्नेले भने के बिर्सन्छन् भने सो बेला दाइजो मागेर होइन खुसीले दिन्थ्यो वा नसक्नेले दिंदैनथ्यो । विहेपछि मात्र सामान, सुन, चाँदी, नोकरानी, लुगाकपडा, जिन्सी आदि दिइन्थ्यो जबकि आज विहे अघि शर्तनामा मागिन्छ ।  दाइजोका कुरा सो बेला गौण थियो र क्षमताका आधारमा दुलहा (Bridegroom) र दुलही (Bride) खाजिन्थे । आजका जस्ता लोभलालचमा खोजिने जस्तो होइन अर्थात्, आज दुलहा मान्छेलाई नै कमोडिफाई (Commodify) गरियो जबकि दुलहीको सुन्दरता र सीपको गणना हुन छाड्यो । पढेलेखेका समाजमा यी कुराहरूमा व्यापक सुधार आइरहेका पनि छ तर अनपढ परिवार गाऊँ र सहर जहाँ पनि गरिबी र अशिक्षा भएका ठाउँमा दाइजोको बोलबाला छ ।

रामायणमा राजा जनकले छोरी जानकीका लागि वा राजा द्रुपदले छोरी द्रौपदीका लागि राम वा अर्जुनलाई दाइजो दिएको दृष्टान्त पेस गरेर दाइजो माग्नु जायज हैन ।

मधेशबाट सबैले देखिने गरी व्यापक दाइजोका रूप उपत्यका र पहाडे  सबै समुदायमा नगदबाट कार, माटरसाइकल, गरगहना, पलङ, जमीन आदि लिनेसम्म पुगिसकेको छ । कानूनले वर्जित गरिसकेका अवस्थामा पनि शिक्षित डाक्टर/ईञ्जिनियर तथा महंगा पढाइ पढेका भनिएकाहरूले पनि लिन्छन् किनकि पढाइको खर्च उठाउन खोज्छन् । व्यवसाय चलेन भने र पढाइ अनुसारको 'सामाजिक प्रतिष्ठा' धान्नलाई घर, कार किन्दा सोवापतको पैसा विवाहबाट उठाएको पाइन्छ । जसमा राज्यले महंगो शिक्षा प्रदान गरेका तथा देशका सरकारी जागिरमा पारदर्शिता नरही अयोग्यले पनि पसेर भ्रष्टाचार गर्न पहिला जागिरमा पस्नलाई घुस दिने अब त्यो विवाहबाट असुल्ने धेरैले सोच पलाएको हुन सक्नेलाई कारण मान्छन् । अर्थात्, सरकारले सुशासन र पारदर्शिता अपनाइरहेका परिवेशमा अझ धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ, खासगरि नेपाली समाज र मधेसलाई त्यसभित्र राम्ररी हेर्ने हो भने ।

मधेसमा दाइजोको विकृति अवश्य पनि भारतीय समाजबाट आयातित हो । जहाँ आज पनि कानूनलाई छलेर दुलहा डाक्टरलाई कमलको फूल (Lotus), ईञ्जिनियरलाई गुलाफको फूल (Rose) क्याटेगरी तथा व्यापारी, सरकारी जागिरेलाई यस्तै विभिन्न क्याटेगरीमा विभाजन गरी सबभन्दा बढी लोटस दुलहाको रेट गरी असुलिन्छ

मधेश वा नेपाली समाजमा दाइजोप्रति कस्ता विकृति पनि पाइन्छन् भने एऊटै परिवारमा छोरा र छोरी छन् भने पहिला छोरीको विहेमा दाइजो विराधी अभियन्ता भई फोकटमा विहे गराउँछन् तर छोराको विहेका बेला 'अभियन्ता' त्यो काम छाडेर मोटा रकम असुल्न मोलमोलाइमा उत्रिने । कति जनाका केसमा त के देखियो भने जनकपुर-महोत्तरी कायस्थ जातिमै पनि जुन उच्च जात र साक्षर मधेसमा गनिन्छ, यसमा केटाले एक सुको दाइजो लिन चाहेन भने पनि जबर्जस्ती भिडाउने । केटा सरकारी जागिरे तर केटी अनिवार्य विषयबाहेक जस्ट पासबाहेक अनुत्तीर्ण । यस्तोमा आफ्ना खानासमेत नपकाउने अल्छिलाई ईञ्जिनियर केटी भनेर भिडाइयो र यसरी भिडाउनमा राजनैतिक दलकै नेताको संलग्नता पाइयो । किनकि केटी पक्षका घरमा नेताको सम्बन्ध विहे भएर गाँसिएको रहेछ र उसले यही 'गुन तिर्न'लाई अल्छी, बद्मास तथा पढ्नमा पनि अक्षम केटीलाई सक्षम भनेर भिडाइयो । फलस्वरूप विवाह त टिक्नेवाला थिएन, टिकेन नै । अब त्यो नेतालाई कानूनले के गर्ने जो मेरो संलग्नता कानूनी ढंगले छैन भन्दै उल्टै 'समाजसेवा'मा लागेका छन् । यहाँ दाइजोका नाममा ढाकछाप, पारदर्शिता नअपनाउने र केटाका स्वयंका विवाहमा लाजले अगाडि बढ्न अप्ठ्यारो अवस्थामा उसका बुवा नभएको नाजायज फाइदा उठाएर दाइ-भाइसमेतलाई अलग पारेर झुक्याएको अवस्था छ ।

उपसंहार

सुन्दरता मापनका कुनै तराजु संसारमा र कुनै मानक (ढक) बनेका छैन । अर्थात्, यो मान्छेका मनले ठहर्‍याउने विषय हो ।  सुन्दरतालाई व्यापक अर्थमा नबुझिकन केवल शारीरिक आकर्षणमा सीमित राखेर स्वार्थवश विवाहका बेला केटा पक्षले केटी पक्षबाट माग्नु वा पाउने मनसुबा (आशा) पालेर बस्नु नै केटा असफल विवाहको कारण हो र दाइजोले जरा गाड्ने कारण  पनि । त्यस्तै, केटी पक्षले पनि केटा सरकारी जागिर भएका र आर्थिक सम्पन्नता भएकै केटा खाज्ने, आफ्नी कन्या हरेक विषयमा कक्षामा ठ्याक्कै उतिर्ण (Just pass) भएपनि वा ब्याक लागेका भएपनि विवाहका बेला केटालाई सूचना नदिने, झुक्याउने, धेरै तेज तथा राम्रा अंकले उत्तिर्ण केटा खोज्नु, विवाह अघिको केटाको चरित्र केरकार गर्ने तर केटीको चरित्रबारे नबोल्दिने, केटा मिहिनेती खोज्ने तर केटी भने दिनभरी मोबाइल चलाउने र टिभी सिरियल हेरेर बस्ने तर खानासमेत राम्ररी नपकाउने, जायज कामहरू गर्न नसक्ने र होटलबाट मगाएर खाने कारणहरू छन् । त्यस्तै, अन्य कारणमा कति केटी पक्षले विवाहपछि केटाका आमाबुवासँग नै सम्बन्ध टुटाएर आफ्ना पूर्ण पकडमा कब्जामा राख्न खोज्ने वा केटीलाई केटाले पूर्ण नियन्त्रणमा लिने जस्ता कुराहरुले पनि दाइजोले जरा गाडेको छ । स्वतन्त्रताका नाममा पराकाष्ठामा पुगेर समाज, कुल, खान्दान, घर, परिवारका मर्यादा नबुझेर केटा वा केटी कसैले छाडापन देखायो भने अर्का पक्षले प्रश्न उठाउँछ र घरमा कलह बढ्छ । विवाह समानतामा भयो भने टिकाउ हुन्छ किनकि आर्थिक समानता हुँदा केटा वा केटी कसैले हेप्ने वा विभेद गर्ने पाटो सकिन्छ । योसँगै पढाइलगायत शारीरिक रङ आदिमा समानता, सोच्ने क्षितिज/दायरा फराकिलो भए सुनमा सुगन्ध थपिन्छ । तर परम्परागत (Arranged marriage) मा परिवारद्वारा यति कुरा मिलाउन आजको व्यस्त जमानामा गाह्रो हुने देखिन्छ भने केटा र केटीले नै सामुमा बसेर मन र दिल खालेर इमान्दारीका साथ विहे अघि अभिभावककै सामुमा अलि पर कुराकानी गर्न सीमित दायरा समाजले बढायो भने अझ सरल हुनेछ । जुन कुरा समाजको मनोविज्ञानमा भरपर्छ, व्यक्तिको सोचमा भरपर्छ । अत: दाइजो गैह्रकानूनी हो नै साथै सफल विवाहका लागि विवाहका बेला पारदर्शिता अपनाउने र गोरा-कालो जस्ता भएपनि सुन्दरताका परिभाषा व्यापक बनाएर अरू गुणमा पनि सन्ताष गरेर जानु उचित देखिन्छ । जीवनमा सबैथाक मनले चाहेर सबैले पाउन सकिंदैन ।

(समाजशास्त्रमा स्नातकोत्तर लेखक सामाजिक अभियन्ता हुन् )

 

 


Author

थप समाचार
x