खेलकुद

प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दो प्रतियोगिता भोलिबाट सुरु, १० देशका खेलाडी सहभागी हुने

इकागज |
जेठ १०, २०८१ बिहीबार १९:३१ बजे

काठमाडौँ- अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ । 

बिहीबार महासंघले दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दो प्रतियोगिता भोलि जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरको कराँते महासंघ एकेडेमी, सातदोबाटोमा गर्ने भएको हो ।


प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्ने र समापन युवा तथा खेलकुद मन्त्री विश्वभक्त श्रेष्ठले गर्ने भएका छन् ।

नेपाल सीएचआईटीएफ तेक्वान्दो विभिन्न गतिविधि अन्तर्गत परिवर्तन, विकास र समृद्धि ल्याउनका लागि संघको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय गरिरहेको अवस्था तेक्वान्दो खेलको विकास र विस्तार गरी युवा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जना गर्ने लक्ष्यले प्रतियोगिताको आयोजना गर्न लागेको संघले जनाएको छ ।

महासंघका अनुसार तेक्वान्दो प्रतियोगितामा नेपाल, मलेसिया, बंगलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलंका, सिंगापुरका करिब २ हजार ५ सय खेलाडीहरू सहभागी हुनेछन् ।

प्रतियोगितामा एकल स्पाईरिङ, एकल काँटा र समूह काँटा गरि तीन समूहमा प्रतिस्पर्धा गरिने आयोजक नेपाल चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कुलबहादुर बुढामगरले जानकारी दिए ।

विजेता खेलाडीहरूले ८५ स्वर्ण पदक, ८५ रजत पद र ११६ काँस्य पदक प्राप्त गर्नेछन् । साथै विजेता प्रथम, द्वितीय र तृतीय टिमले एक एक वटा ट्रफी हात पार्ने महासंघका महासचिव रमेश विश्वकर्माले जानकारी दिए । 

भोलिदेखि हुने खेलका लागि विभिन्न राष्ट्रबाट खेलाडीहरू नेपाल आइसकेको र तयारी पनि पूरा भएको आयोजक अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले जनाएको छ ।


Author

थप समाचार
x