खेलकुद

कुशलको अर्धशतकमा नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

इकागज |
फागुन १८, २०८० शुक्रबार १३:८ बजे

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई १ सय ८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनायो ।


नेपालका लागि कुशल मल्लले ५५ रन तथा आरिफ शेखले ३१ रन बनाए । गुल्सन झाले २६ रन, अनिल साहले २३ रन तथा कप्तान रोहित पौडेलले १० रन जोडे । दिपेन्द्र सिंह ऐरीले १६ रनको योगदान गरे ।

नामिबियाका लागि बेन सिकन्गोले ३, ज्याक ब्रासेलले २ तथा रुवेन ट्रम्पलम्यान, बर्नार्ड स्कोल्ज र जान निकोल १-१ विकेट हात पारे ।


Author

थप समाचार
x