खेलकुद

हिसान दौडमा विकेश र हृदय पहिलो

इकागज |
जेठ २२, २०८० सोमबार १५:३७ बजे

काठमाडौँ- पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडमा सोमबार पहिलो भएका छन् । छात्रतर्फ विकेश र छात्रातर्फ हृदय ४ किलोमिटर दूरीको दौडमा पहिलो भएका हुन् ।

हिसान काठमाडौँ जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको छात्रतर्फ पिनाकलका निनम राई दोश्रो तथा पिनाकलकै नकुल घर्ती तेश्रो भए । कलेज अफ सेन्ट्रल स्टेटका लक्ष्मण तामाङ चौथो, भेनसका मनोज तामाङ पाँचौँ र जोसेफका अमित बोहरा छैटौँ भए ।


छात्रातर्फ कलेज अफ सेन्ट्रल स्टेटकी अस्मिता तामाङ दोश्रो तथा भेजसकी सुकलामो तामाङ तेश्रो स्थानमा रहे । कलेज अफ सेन्ट्रल स्टेटकी पवित्रा गिरी, सेन्ट लरेन्सकी सुस्मिता राई र जुबिलियन्टकी चाँदनी विष्टले क्रमशः चौँथोदेखि छैटौं स्थानमा दौड टुंगाए ।

दुवैतर्फ पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार नगर पुरस्कार हात  पारे । चौथोदेखि छैटौँ हुनेले सान्त्वना स्वरूप जनही १ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, हिसान काठमाडौँका अध्यक्ष शिवप्रसाद अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दौड थापाथलीस्थित ट्रेड टावरबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी ट्रेड टावरमै आएर टुंगिएको थियो ।


Author

थप समाचार
x