खेलकुद

बागमती महिला फुटबल : काठमाडौं बन्यो च्याम्पियन

इकागज |
जेठ १२, २०८० शुक्रबार ६:५० बजे

काठमाडौं– दोस्रो बागमती प्रदेश खेलकुद अन्तर्गत महिला फुटबलको उपाधि काठमाडौंले जितेको छ । उपाधि भिडन्तमा सिन्धुलीलाई २–० गोलले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो ।

सुजिता घलानले १० औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएकी थिइन् । काठमाडौंका लागि दोस्रोे गोल मनिषा थापा मगरले गरिन् । उनले ५८ औं मिनेटमा गोल गरेकी हुन् ।


जितसँगै काठमाडौंकी सरिता ऐर प्रतियोगिताकै उत्कृष्ट खेलाडी र उत्कृष्ट फरर्वाड घोषित भइन् । ४ गोल गरेकी काठमाडौंकी मनिषा थापा मगर सर्वाधिक गोलकर्ता बनिन् ।

उत्कृष्ट गोलरक्षकमा काठमाडौंकी झरना नगरकोटी, डिफेन्समा सिन्धुलीकी सन्जिता मगर तथा प्रशिक्षकमा काठमाडौंका देवेन्द्रजंग शाही उत्कृष्ट चुनिए । 
 


Author

थप समाचार
x