समाज

अदालतको आदेश छल्न हतारमा पशुपतिमा सुनको जलहरी

राष्ट्रपतिको उपस्थितिमा मूल शिवलिंगको जलहरीलाई सुनले ढाकियो

इकागज |
फागुन १२, २०७७ बुधबार १६:४१ बजे

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ । तर, सर्वोच्चअदालतले भने सुनको जलहरी नलगाउन आजै अन्तरिम आदेश जारी गरेको छ । 

बुधबार राष्ट्रपति भण्डारीले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए  ।


पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उनले बताए । १०८ किलोको सुनको जलहरी राख्‍न ८० करोड रुपैँया खर्च भएको पनि सदस्य सचिव डा. ढकालले बताए । 

विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्‍न भएको कोषले बताएको छ । सुनको जलहरी अर्पण गर्न विगत पाँच दिनदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो । 

र यो पनि...

पशुपतिमा जलहरी रोक्न सर्वोच्‍चको अन्तरिम आदेश


Author

थप समाचार
x