समाज

खैराे हिराेइनसहित एक भारतीय पक्राउ

इकागज |
माघ १४, २०७८ शुक्रबार २१:२६ बजे

फाइल तस्वीर

जनकपुरधाम – प्रहरीले बारा जिल्लाबाट खैरो हिरोइनसहित एक भारतीय नागरिक पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी ग्राम पंचायत हरपुर-१२ ग्राम रामपुर निवासी नन्का हुसेनको छोरा ३२ वर्षीय नबाब हुसेन रहेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।


जिल्लाकाे विश्रामपुर गाउँपालिका वडा नम्बर १ बटम चोकमा सवारी चेकजांचकाे क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको BR05AP 6046 नम्बरको मोटरसाइकलबाट २१ ग्राम लागूऔषध हिरोइन फेला परेको बाराका प्रहरी प्रवक्ता डीएसपी राजेश गुप्ताले जानकारी दिए ।

उनले भने, 'हुसेनले मोटरसाइकलको भाइजरमा लुकाएर २१ ग्राम खैरो हिरोइन ल्याइरहेका थिए, प्रहरीलाई शंका लागेपछि चेकजांच गरेकाे थियाे।' हुसेनमाथि १० दिनकाे म्याद थप गरी थप अनुसन्धान अघि बढाइएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


Author

थप समाचार
x