समाज

करिब ४५ मिनेटपछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

इकागज |
जेठ ११, २०८१ शुक्रबार १२:५६ बजे

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको करिब ४५ मिनेटपछि खुलेको छ । रनवेमा पाप्रो उप्किएर बन्द भएको विमानस्थल मर्मतपछि खुलेको हो ।

'रनवेमा पाप्रो उप्किएको थियो । करिब ४५ मिनेट मर्मत गरेपछि सुचारू भएको छ' विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले इकागजसँग भने । उनले रनवे ०२ (कोटेश्वरको भाग) मर्मतको सबै काम सकिएको बताए ।



Author

थप समाचार
x