समाज

पौडी खेल्ने क्रममा डुबेर इलाममा दुई बालकको मृत्यु , तीन जनाको उद्धार

इकागज |
जेठ १०, २०८१ बिहीबार २१:४२:१८ बजे

फाइल तस्बिर

इलाम- पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माई–८का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ ।


लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


Author

थप समाचार
x