समाज

पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

इकागज |
बैशाख ८, २०८१ शनिबार १९:३ बजे

वीरगंज- पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा-१ भलुवहिया टोलमा आज दिउँसो आगलागी भएको छ । भलुवहिया टोलसँग सीमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गहुँ खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहिया टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ ।

भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केही घरहरू पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिबारे विवरण आइनसकेको मिर्जापुर प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार अहिले प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोग आयो नियन्त्रणमा लिने कार्य भइरहेको छ ।



Author

थप समाचार
x