समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित भारतीय महिला पक्राउ

इकागज |
बैशाख ७, २०८१ शुक्रबार १६:२६ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुन बरामद गरेको छ । भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले बताए ।

अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट उनी सुनसहित पक्राउ परेकी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसअघि बुधबार पनि विमानस्थलबाट बेवारिस अवस्थामा सुन बरामद भएको थियो । 



Author

थप समाचार
x