समाज

दाङमा आगलागीबाट एकको मृत्यु

इकागज |
बैशाख ७, २०८१ शुक्रबार १४:४४ बजे

दाङ- दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गएराति बोटेको गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो । घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका थिए । त्यही बेला आगोले जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । आगोले वीरबहादुरको घर गोठ तथा उनका भतिजा हुकुमबहादुर बोटेको पनि घर जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।


लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।


Author

थप समाचार
x