समाज

काठमाडौँ महानगरले २० जनालाई जुत्ता बनाउने तालिम दिँदै

इकागज |
बैशाख ६, २०८१ बिहीबार १८:५४ बजे

काठमाडौँ- 'रोजगारी र आय वृद्धि, काठमाडौँ समृद्धि' कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाले जुत्ता बनाउने तालिम दिने भएको छ । यसअघि महानगरले विभिन्न क्षेत्रमा तालिम दिन इच्छुकलाई आवेदन खुला गरिसकेको थियो ।

व्यवसायीक रुपमा जुत्ता बनाउन चाहनेलाई तालिम दिन लागिएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ । ‘२० जना इच्छुकलाई तालिम प्रदान गरिन्छ,’ उनले भने,’ फारम भरेर २० जना पुगेपछि जुत्ता बनाउने तालिम सुरु गरिन्छ ।‘


महानगरले जुत्ता बनाउन इच्छुकलाई निःशुल्क तालिम प्रदान गर्ने भएको छ । तालिममा सबै उमेर समूहका मानिसहरू सहभागी हुन पाउने सचिवालयका एक सदस्यले जानकारी दिए ।

पछिल्लो समय महानगरले विभिन्न विषयमा तालिम प्रदान गरिरहेको छ । अहिले पनि विभिन्न मानिसले साइबर सेक्युरिटीको तालिम लिइरहेको उनले बताए ।

काठमाडौँ महानगरपालिकाले १९ गतेबाट टुँडिखेलमा २०८१ जना मानिसलाई तालिम दिने भएको छ । महानगरपालिकाले सहभागीलाई २२-२३ थरिका तालिम दिने तयारी गरेको छ ।

काठमाडौँमा रोजगारविहिनलाई वैकल्पिक रोजगार दिनलाई पनि यो तालिमले अवसर प्रदान गर्ने महानगरपालिकाको विश्वास  छ । बेरोजगार युवाहरूलाई यी सीप सिकाएर रोजगार/स्वरोजगार बनाउने उद्देश्य सहित “सीप मेला -२०८१” सञ्चालन गर्दैछ । महानगरमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने महानगरबासीहरू, ल्याण्ड फिल साइट प्रभावित क्षेत्रका बासिन्दा,फरक क्षमता भएका व्यक्ति र हिजोका दिनमा गैर कानुनी रुपमा फुटपाथ/सडक/ठेलामा व्यापार व्यवसाय गरेका व्यक्तिहरूलाई प्राथमिकतामा राखी सम्पूर्ण नेपाली नागरिक सहभागी हुनसक्ने गरी यो सीप मेला सञ्चालन गर्ने भएको हो ।


Author

थप समाचार
x