समाज

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

इकागज |
बैशाख ५, २०८१ बुधबार १२:१२ बजे

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनबाट २०६४ सालमा लागूऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर भएका लामा फरार थिए । अहिले प्रहरीले उनलाई पक्राउ गरेर अदालतमा पेस गरेको जनाएको छ ।



Author

थप समाचार
x