समाज

कार्गो व्यवसायी आन्दोलित

इकागज |
बैशाख ३, २०८१ सोमबार १४:३७ बजे

काठमाडौँ- त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो एक्सरे मेसिन बिग्रँदा सामान जाँचपास गराउन समस्या भएको भन्दै कार्गो व्यवसायीहरू आन्दोलित भएका छन् ।

कार्गो एक्सरे मेसिन बिग्रेको डेढ महिना हुँदा पनि मर्मत वा नयाँ किन्ने काम नभएको भन्दै उनीहरू सामान निकासी बन्द गरेर आन्दोलित भएका हुन् । मेसिन बिग्रँदा धेरै समस्या भएको र पटक-पटक सरोकारवालाहरूलाई ध्यानाकर्षण गराउँदा पनि मर्मत नगरिएकाले बाध्य भएर सामान निकासीको काम बन्द गर्नुपरेको कार्गो व्यवसायी खेमराज सुवेदीले जानकारी दिए ।


सामान निकासी जाँचपाचका क्रममा समस्या भए पनि नेपाल पारावाहन तथा गोदाम लिमिटेड बेवास्ता गरेको उनले बताए ।​

एक्सरे मेसिन बनाउन वा नयाँ खरिद गर्न आफूहरूले ध्यानाकर्षण गराए पनि बजेट नभएको जवाफ पाएको सुवेदीले बताए । उनले एक्सरे मेसिन नबनेसम्म कुनै पनि सामान क्लियरिङ नगर्ने र फरवार्डिङ पनि नगर्ने बताए ।


Author

थप समाचार
x