समाज

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ

इकागज |
चैत १६, २०८० शुक्रबार १६:५७ बजे

काठमाडौँ- राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका-७ रामकोट घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका-२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङ धुनिबेँसी नगरपालिका-७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रवीन गिरी र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ घर भई भक्तपुरको भक्तपुर नगरपालिका-६ बस्ने ३० वर्षीय रमेश गिरी रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।


उनका अनुसार गाडी र मोटरसाइकल भन्सार छली तथा चोरीपैठारी गरी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसैगरी, भक्तपुरका विभिन्न स्थानमा गाडी र मोटरसाइकल भन्सार छली चोरीपैठारी गरी भारतबाट नेपाल ल्याई ड्राइभिङ सेन्टरमा प्रयोग गरेको पाइएकाले एक थान गाडी र दुई थान मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।


Author

थप समाचार
x