समाज

व्यवसायी प्रदीप रुङटालाई आत्महत्या दुरुत्साहन मुद्दामा अदालतको सफाइ

इकागज |
चैत १६, २०८० शुक्रबार १५:० बजे

चितवन- व्यवसायी प्रदीप रुङटालाई आत्महत्या दुरुत्साहन मुद्दामा अदालतले सफाइ दिएको छ ।

बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको एकल इजलासले दाबी नपुगेको भन्दै सफाइ दिएको हो । 


चितवनका पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेलको मृत्यु प्रकरणमा व्यवसायी रुङटामाथि आत्महत्या दुरुत्साहनको मुद्दा लागेको थियो ।

व्यवसायी कँडेल गत वैशाख २० गते भरतपुरको बेलचोकस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

घटनास्थलमा फेला परेको सुसाइट नोटमा आफ्नो व्यवसायमा जोडिएका दुई जनाको नाम उल्लेख थियो । सोही आधारमा प्रहरीले व्यवसायी रुङटा र जीवनबहादुर रावलमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो ।


Author

थप समाचार
x