समाज

एसएसपी खत्रीले ५० जना प्रहरी कर्मचारीलाई चलचित्र 'रङ्गेली' हेर्न टिकट उपलब्ध गराए

इकागज |
चैत ३, २०८० शनिबार २०:५३ बजे

काठमाडौँ- एसएसपी भूपेन्द्र खत्रीले ५० जना प्रहरी कर्मचारीहरूलाई चलचित्र 'रङ्गेली' हेर्न टिकट उपलब्ध गराएका छन् ।

आज शनिबार एसएसपी खत्रीले ५० जना प्रहरी कर्मचारीहरूलाई कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बीग मूभिझ सिनेमा हलमा फिल्म हेर्न टिकट उपलब्ध गराएका हुन् ।


प्रहरी कर्मचारीहरूलाई उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी परिसर, काठमाडौँमा कार्यरत जुनियर प्रहरी अधिकारी, प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, सहायक हवल्दार तथा जवानहरूलाई प्राथमिकतामा राखी आफ्नो प्रहरी कर्मचारीहरूलाई हौसला तथा उत्प्रेरणा बढाउँदै कर्मचारीको तनावसमेत व्यवस्थापन गर्ने उद्देश्यले चलचित्र 'रङ्गेली' हेर्न टिकट उपलब्ध गराएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।


Author

थप समाचार
x