समाज

शालिन पोखरेलको पशुपतिमा अन्त्येष्टि

इकागज |
फागुन २२, २०८० मंगलबार १६:५४ बजे

काठमाडौँ- चितवनको एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी बालिका सालिन पोखरेलको अन्त्येष्टि गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि मंगलबार पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा सहभागीहरूले सालिन पोखरेलको परिवारलाई न्याय दिनुपर्ने भन्दै नारा लगाएका थिए । उनीहरूले सालिन मृत्यु प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।


रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा १४ वर्षीया सालिन पोखरेल मृत फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्टअनुसार उनको झुन्डिएर मृत्यु भएको देखिएको छ । तर, उनका आफन्तहरूले त्यसलाई स्वीकार गरेका छैनन् ।

मृत्यु भएपछि मृतकका आफन्तले उनको हत्या र बलात्कार भएको भन्दै थप अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका छन् ।


Author

थप समाचार
x