समाज

पशुपतिमा आउन थाले महाशिवरात्रिका लागि साधु सन्त

इकागज |
फागुन २२, २०८० मंगलबार १५:१७ बजे

काठमाडौँ- महाशिवरात्रिका लागि आराध्य देव पशुपतिनाथ मन्दिरमा साधु सन्तहरू आउने क्रम सुरु भएको छ ।

नेपालकै विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधु सन्तहरू आउन थालेका हुन् । यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधु सन्तहरू आउने अनुमान गरिएको छ । उनीहरूका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्टाउँदै आएको छ ।


पशुपतिनाथ दर्शनार्थ महाशिवरात्रिका दिन ठूलो संख्यामा आउने भक्तजनहरूको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न स्थानबाट मन्दिरसम्मको लाइनको प्रवन्ध मिलाउँदैछ । यस वर्षको महाशिवरात्रि फागुन २५ गते मनाइँदैछ । 


Author

थप समाचार
x