समाज

हुन्डी कारोबारमा संलग्न पाँचजना पक्राउ

इकागज |
फागुन २१, २०८० सोमवार २२:० बजे

बारा- हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बारामा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई नेपाली र तीन भारतीय नागरिक रहेका छन् । 

प्रहरीले उनीहरुको साथबाट रु २१ लाखसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको मोतिहारीका २९ वर्षीय रञ्जित सर्राफ, ४२ वर्षीय कृष्णलाल प्रसाद र ४० वर्षीय रविशङ्कर सिंह तथा बाराको कलैया उपमहानगरपालिका–७ का ३१ वर्षीय कलामुद्दिन अंसारी र कलैया–४ का ३९ वर्षीय मेराजुलहक अंसारी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।   


जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले कलैया–६ अस्पताल रोडबाट रञ्जित सर्राफलाई रु पाँच लाखसहित पक्राउ गरेको थियो । सर्राफले दिएको बयानमा आधारमा अन्य चार जनालाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए । यस्तै पक्राउ परेका भारतीय नागरिकबाट रु १६ लाख नौ हजार बरामद गरिएको थियो ।


Author

थप समाचार
x