समाज

चितवनमा बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु, बस चालक प्रहरीको नियन्त्रणमा

इकागज |
फागुन २१, २०८० सोमबार २१:४२ बजे

चितवन- चितवनमा बसको ठक्करबाट अन्दाजी १० वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-७ माछापुच्छ्रे चोक बस्ने विक्रम पौडेलका छोरा आरुष पौडेल रहेका छन् ।


आज साँझ ७ः४५ बजेको समयमा भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले माछापुच्छ्रे चोकमा बालकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

बसले बालकलाई सडकको जेब्राक्रसमै ठक्कर दिएको थियो । प्रहरीले बस र बस चालक माडी नगरपालिका-८ बस्ने ४१ वर्षीय विकास सार्कीलाई नियन्त्रणमा लिएको छ । बसमा सवार भरतपुर-७ की २१ वर्षीय कोपिला राईकाे बायाँ हातमा भित्रि चोट लागेको उनले जानकारी दिए ।


Author

थप समाचार
x