समाज

बालिका मृत्यु प्रकरण: पोष्टमर्टमका लागि शव टिचिङमा, परिवारले चितवनमा पोष्‍टमार्टम गर्न मानेनन्

इकागज |
फागुन १८, २०८० शुक्रबार १२:४४ बजे

सांकेतिक तस्विर

काठमाडौँ- चितवनको छात्रावासमा १४ वर्षीया बालिका सालिन पोख्रेलको मृत्यु भएपछि शवको पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल ल्याइएको छ ।  उनको शव पोष्टमर्टमका गर्न काठमाडौँस्थित महाराजगञ्ज टिचिङ अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले इकागजलाई जानकारी दिए।

गत शनिबार बिहान रत्ननगर नगरपालिका-१५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको थियो। 


‘अस्ति पोस्टमार्टमका लागि शव टिचिङमा लगिएको थियो, रिपोर्ट आइसकेको छैन,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ । उनको परिवारले चितवनमा पोष्टमार्टम गर्न चित्त नबुझाएपछि काठमाडौँ लगिएको हो ।

डिएसपी भण्डारीका अनुसार होस्टलको कोठामा सिलिङको पंखामा रहेको डोरीमा बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। 

उनको मृत्यु भएपछि मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए । 

प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको गरिसकेको छ ।  बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन् । उनीहरूमाथि अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतले अनुमती समेत दिएको छ । 

छात्रावासमा बालिका शलिनको मृत्यु भएपछि सामाजिक सञ्जालमा उनको लागि न्याय माग गरिरहेका छन् । उचित छानबिन तथा मृतकले न्याय पाउनुपर्ने बताउँदै आइरहेका छन् ।


Author

थप समाचार
x