समाज

झापामा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ

इकागज |
फागुन १५, २०८० मंगलबार १५:४८ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- झापामा जुवा (कौडा) खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका–११, नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा जुवा खेलिरहेको अवस्थामा उनी समेत १२ जना पक्राउ परेका हुन् । उनीहरूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

दुलालको घरमा जुवा खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 


उनीहरूलाई नगद ६६ हजार ६५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरिएको जनाइएको छ । 


Author

थप समाचार
x