समाज

युवतीको अश्लिल भिडियो खिच्‍ने सशस्त्रका डीएसपी केसी निलम्बन

इकागज |
फागुन १४, २०८० सोमबार १७:४६ बजे

सांकेतिक तस्विर

काठमाडौँ- रेस्टुरेन्टमा खाजा खान गएको बेला युवतीको अश्लिल फोटो भिडियो खिच्ने सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसी निलम्बनमा परेका छन् । निलम्बन गर्न सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले गृह मन्त्रालयलाई सिफारिस गरेपछि उनी निलम्बित भएका हुन् ।

सशस्त्रको मुख्यालयले फागुन ६ गते गृहलाई केसी पक्राउ परेको व्यहोरासहित  पत्र पठाएको थियो । उक्त पत्र पठाएसँगै उनी निलम्बनमा परेका हुन्।


पोखरास्थित सशस्त्र प्रहरीको चार नम्बर बाहिनीमा कार्यरत केसीले काठमाडौँको स्वयम्भूस्थित न्यु इभन पोइन्ट रेस्टुरेन्टमा खाजा खान गएकी एक युवतीको भिडियो खिचेको आरोपमा पक्राउ परेका केसी एक साता बढीदेखि थुनामा छन् ।

ती युवतीको उजुरीको आधारमा केसीलाई फागुन ५ गते पक्राउ गरी प्रहरीवृत्त स्वयम्भू ल्याइएको हो । प्रहरीले उनीमाथि वैयक्तिक गोपनीयता सम्बन्ध ऐनअनुसार अनुसन्धान गरिरहेको छ। यस ऐनअनुसार वैयक्तिक अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन।


Author

थप समाचार
x