समाज

भारतीय नागरिकलाई बन्धक बनाई अमेरिका पठाउनेहरू काठमाडौँबाट पक्राउ

इकागज |
फागुन ३, २०८० बिहीबार १६:२९ बजे

काठमाडौँ- 'अमेरिका सपना’ देखाएर भारतीय नागरिकहरूलाई काठमाडौँमा ल्याएर बन्धक बनाएको आरोपमा प्रहरीले पक्राउ गरेकालाई सार्वजनिक गरेको छ । आरोपीलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

फागुन २ मा काठमाडौंँ प्रहरीले आरोपीहरूले बन्धक बनाएका ११ जनालाई काठमाडौँ महानगरपालिका–९ स्थित रातोपुलबाट उद्धार गरेको थियो । पक्राउ पर्नेमा भारतीय नागरिकहरू अब्दुल रहिम, इन्दुसिंह यादव, चरणजित सिंह, अशोक कुमार, मनिषकुमार मल्होत्रा, निपुन गुप्ता, मोहम्मद सविर मिया र नेपाली नागरिक रामचन्द्र शर्मा छन् ।


आरोपीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । आरोपीविरुद्ध शरीर बन्धक बनाउन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौँका खत्रीले जानकारी दिए ।

पक्राउ गरिएका मध्ये नेपाली नागरिक रामचन्द्र शर्माले रातोपुलमा भाडामा घर खोजिदिएका हुन् । 


Author

थप समाचार
x