समाज

सुन प्रकरणमा भीमकान्त भण्डारीले दिए बयान

इकागज |
माघ २५, २०८० बिहीबार १७:२१ बजे

काठमाडौँ- सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले ६० किलो सुन तस्करी प्रकरण मुछिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

समितिले बिहीबार उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग पटक-पटक कुराकानी भएको देखिएपछि उनीसँग बयान लिइएको हो । 


यसअघि भण्डारीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पनि सोधपुछ गरेको थियो ।


Author

थप समाचार
x