समाज

घुस लिने वडाध्यक्षलाई एक महिना कैद

इकागज |
माघ १९, २०८० शुक्रबार १७:३७ बजे

काठमाडौँ- बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कबडियालाई भ्रष्टाचार आरोपमा एक महिना कैद र ९ हजार जरिवाना तोकिएको छ ।

अनुदानका लागि सिफारिस गर्न ९ हजार रुपैयाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर मुद्दामा विशेष अदालतले उनलाई विशेष अदालतले कैद र जरिवानाको फैसला गरेको हो ।


विशेष अदालतका न्यायाधीशहरू डा. खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले प्रतिवादी कबडियालाई दोषी ठहर गरेको हो ।

कबडियाले पशु फार्म निर्माण सम्पन्न गरेपछि अनुदान रकम प्राप्त गर्न सिफारिस माग गर्दा कार्यवाहक वडाध्यक्षको भूमिकामा रहेका वडासदस्य कवडियाले ९ हजार घुस मागेका थिए ।


Author

थप समाचार
x