समाज

नापी कार्यालयका अमिन चार हजार घुस रकमसहित पक्राउ

इकागज |
पुस ११, २०८० बुधबार १९:७ बजे

फाइल तस्बिर

काठमाडौँ- नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 


ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

त्यसपछि खटिएको टोलीले उनलाई बुधबार रकमसहित कार्यकक्ष नजिकबाट पक्राउ गरेको हो ।


Author

थप समाचार
x