समाज

नाबालिकालाई जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने व्यक्ति

इकागज |
पुस ५, २०८० बिहीबार १९:४९ बजे

काठमाडौँ- काठमाडौँको टोखा नगरपालिका-९ नयाँबसपार्कमा रहेका विभिन्न होटल/गेष्ट हाउसहरूमा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय सुमन तामाङलाई पक्राउ गरेको हो ।

उनले वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाइएका नाबालिकाहरूलाई उद्धार गरिएको प्रहरीको भनाइ छ ।


पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उनले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई फकाएर होटल/गेष्ट हाउसहरूमा वेटर तथा सरसफाइको काममा लगाई दिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको पाइएको छ । 

बालिकालाई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाएवापत ग्राहकबाट प्रति व्यक्ति पाँच हजारदेखि ७ हजारसम्म लिने गरेको खुलेको छ । 

बालिकाहरूलाई एकै लहरमा राखेर ग्राहकलाई रोज्न लगाउने र रेट निर्धारण गरी यौनजन्य क्रियाकलापका लागि पठाउने गरेको अनुसन्धानका क्रममा खुलेको हो । 

पीडित बालिकाको वास्तविक नाम परिवर्तन गरी नयाँ उपनाम दिई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाइएको अवस्थामा भेटिएका उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित आवास गृहमा राखेको छ ।


Author

थप समाचार
x